Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

  • आइतवार, श्रावण ३२ २०७७

  • 1.7K
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको हो ।

    खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ । अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

    निगमले १५ दिनअघि मात्रै पेट्रोल, डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

     


    आइतवार, श्रावण ३२ २०७७०७:३०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij