Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : आज हावाहुरीसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान : आज हावाहुरीसहित वर्षाको सम्भावना

  • बिहिवार, जेठ ५ २०७९

  • 754
    SHARES

  • मौसम पूर्वानुमान : आज हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौं । आज मुलुकका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।

    राति प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भने अन्य प्रदेशका पहाडी भूभागका पनि वर्षा हुने ठानिएको छ ।

    शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ ।


    बिहिवार, जेठ ५ २०७९०७:२५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij