Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एमालेका निलम्बित सांसद बानियाँका छोरा पक्राउ

एमालेका निलम्बित सांसद बानियाँका छोरा पक्राउ

  • बुधवार, जेठ ४ २०७९

  • 400
    SHARES

  • एमालेका निलम्बित सांसद बानियाँका छोरा पक्राउ

    काठमाडौँ । नेकपा एमालेका निलम्बित सांसद मोहन बानियाँका छोरा अर्पण बानियाँ पेस्तोलसहित पक्राउ परेका छन् ।

    अर्पणलाई मुगुमा मंगलबार पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख, डीएसपी सुवास हमालले जानकारी दिनुभयो ।

    गोलीबिनाको कटुवा पेस्तोलसहित उनलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका अर्पणलाई सदरमुकाम ल्याइँदै गरेको डीएसपी हमालले जानकारी दिनुभयो ।

    मुगुको खत्याड गाउँपालिका–७ स्थित मतगणना स्थल बाहिर माझचौरीबाट उनलाई पक्राउ गरिएको थियो । उनी किन पेस्तोल लिएर त्यहाँ पुगे भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।


    बुधवार, जेठ ४ २०७९०४:२२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij