काठमाडौं । सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले घटेको हो । छापावाल सुन आज (आइतबार) का लागि तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ९८ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार तोलाको ९८ हजार १ सय तोकिएको थियो। महासंघले जनाएअनुसार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले कमी आएको छ ।
गत शुक्रबार तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको चाँदीको भाउ यसदिन १३ सय २५ रुपैयाँ कायम भएको हो । तोलामा एक लाख रुपैयाँ कटिसकेको सुनको मूल्य गत बुधबार एकै दिन ६ हजार २ सय रुपैयाँले घटेको थियो ।