Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आजदेखि नयाँ शैक्षिक सत्र सुरु

आजदेखि नयाँ शैक्षिक सत्र सुरु

  • मंगलवार, जेठ ३ २०७९

  • 377
    SHARES

  • आजदेखि नयाँ शैक्षिक सत्र सुरु

    काठमाडौं - आजदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ । अधिकांश पालिकाका विद्यालयहरु आजदेखि खुलेका छन् ।

    केही विद्यालयले पठनपाठन नै सुरु गरेका छन् भने अधिकांशले आज पहिलो दिन विद्यार्थी कम आएकोले परामर्श दिने, पुस्तक वितरण गर्ने कार्य गरेका छन् ।

    भक्तपुर नगरपालिकामा भने अधिकांश विद्यालय जेठ १ गतेदेखि नै खुलेकोले पठन पाठन सुरु भइसकेको छ । 

    काठमाडौं महानगरपालिकामा भने ५ जेठदेखि मात्रै पठनपाठन हुने भएको छ । महानगरका सबै विद्यालय आजदेखि खुले पनि शिक्षकहरु विद्यालय जाने पठनपाठनको कार्ययोजना बनाउने काम भइरहेको छ ।

    महानगरले शैक्षिक गतिविधिलाई एक रुपता दिन शैक्षिक क्यालेन्डर अनुसार ५ जेठदेखि पठनपाठन सुरु गर्न उल्लेख गरेको छ । सोही अनुसार जेठ पाँच गतेबाट पठनपाठन हुने भएको छ ।


    मंगलवार, जेठ ३ २०७९०५:५१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij