कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा उनको मृत्यु भएको हो । २९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा आएका मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको कोरोना फोलक पर्सन डा. सुर्दशन थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार उनमा यसअघि नै कोरोना पुष्टि भइसकेको थियो । ती पुरुषलाई आइसीयूमा राखेर उपचार गरिएको थियो । यसअघि पनि कपिलवस्तुका एकजनाको कोरोनाका कै कारण मृत्यु भएको थियो ।