Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मेगा बैंकको खुद मुनाफा घट्यो, डेढ अर्ब नाफा

मेगा बैंकको खुद मुनाफा घट्यो, डेढ अर्ब नाफा

  • शुक्रवार, श्रावण ३० २०७७

  • 780
    SHARES

  • मेगा बैंकको खुद मुनाफा घट्यो, डेढ अर्ब नाफा

    काठमाडौं । गत आर्थिक वर्ष ०७६-७७ मा मेगा बैंकको खुद मुनाफा घटेको छ । गण्डकी विकास बैंक गाभेको मेगा बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासमा खुद मुनाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड ५ लाख ९३ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष ०७५-७६ को भन्दा ७.१७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६२ करोड ९६ लाख ९० हजार खुद मुनाफा आर्जन गरेको थियो ।

    बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएपनि कोभिड १९ को कारण कर्जा असुल हुन नसक्दा सम्भावित कर्जा जोखिमको लागि  प्रोभिजन रकम बढाउँदा खुद मुनाफा प्रभावित बनेको हो ।

    अघिल्लो आर्थिक वर्षमा ३ अर्ब  ७९ करोड ५७ लाख ५१ हजार खुद ब्याज आम्दनी गरेको बैंकले गत आर्थिक वर्षमा गत ४ अर्ब १७ करोड १० लाख ४८ हजार खुद ब्याज आम्दानी गरेको छ ।

     


    शुक्रवार, श्रावण ३० २०७७०७:१४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij