Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि भदौ १५ गते रातिसम्म निषेध जारी

काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि भदौ १५ गते रातिसम्म निषेध जारी

  • शुक्रवार, श्रावण ३० २०७७

  • 772
    SHARES

  • काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि भदौ १५ गते रातिसम्म निषेध जारी

    काठमाडौं । सरकारले आज रातिदेखि काठमाडौं उपत्यकामा विशेष कडाई गर्ने भएको छ ।

    काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम निषेध जारी गर्ने निर्णय गरेको छ । निषेध आज राति १२ बजेदेखि आगामी भदौं १५ गते राति १२ बजेसम्म कायम रहने छ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलमा बसेको भक्तपुर जिल्ला प्रशासन कार्यालय र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज रातिदेखि काठमाडौं उपत्यकामा कडाई गर्ने निर्णय गरेको हो ।

    कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमले उपत्यकालाई आक्रान्त पारेको र संक्रमण फैलने सम्भावना झनै बढेकोले यस्तो निर्णय लिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

    बैठकले खुल्ला स्थानमा भेला जम्मा नहुन, भीडभाड गर्न, सभा जुलस गर्न निषेध गरिएको गर्ने निर्णय गरेको छ । यस्तै जात्रा मनाउन पनि निषेध गरिएको छ भने कुनै पनि महोत्सवहरुको आयोजना गर्न पनि नपाइने भएको छ ।

    दैनिक हुन नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरुमाथि पनि निषेध लगाइएको छ । निषेध गरिएको गतिविधिहरु गरिएको खण्डमा ऐन बमोजिम हदैसम्मको कारवाही हुने पनि बैठक पछि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।


    शुक्रवार, श्रावण ३० २०७७०७:०५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij