Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आचारसंहिता उल्लंघन गर्ने १८ सञ्चार माध्यममाथि कारबाही

आचारसंहिता उल्लंघन गर्ने १८ सञ्चार माध्यममाथि कारबाही

  • शनिवार, बैशाख ३१ २०७९

  • 451
    SHARES

  • आचारसंहिता उल्लंघन गर्ने १८ सञ्चार माध्यममाथि कारबाही

    काठमाडौं । प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ ।

    निर्वाचन आचारसंहिताविपरित सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाइ क्षमाचायना गर्न समेत काउन्सिलले निर्देशन दिएको छ ।

    कारबाहीमा परेकामध्ये ८ वटा सञ्चार माध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

    सञ्चार माध्यमले भुलसुधार गरी क्षमायाचनासहित सम्प्रेषित सामग्री हटाउनु र गल्ति स्वीकार्ने तत्परता देखाउनु सकारात्मक भएको बोहराले जनाए ।

    काउन्सिलले निर्वाचनको मौन अवधिभर ६५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । यस्तै यो अवधिमा दर्ता÷सूचीकरण नभएका १८ बेव पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही भएको छ ।


    शनिवार, बैशाख ३१ २०७९०६:३९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij