Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

  • शुक्रवार, श्रावण ३० २०७७

  • 742
    SHARES

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

    काठमाडौं ।  नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको हो ।

    शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जनाको निधन भएको बताए ।

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।

    यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।


    शुक्रवार, श्रावण ३० २०७७०४:४८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij