काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तो जानकारी दिनुभयो ।
यस्तै आज देशभर ५९४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।
यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । यस्तै आज ११ हजार ५७५ पीसीआर भएको छ ।