Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोक जुगल–लिदी पहिरोमा पुरिएका सात जनाको मृत्यु, ३१ बेपत्ता (सूचीसहित)

सिन्धुपाल्चोक जुगल–लिदी पहिरोमा पुरिएका सात जनाको मृत्यु, ३१ बेपत्ता (सूचीसहित)

  • शुक्रवार, श्रावण ३० २०७७

  • 698
    SHARES

  • सिन्धुपाल्चोक जुगल–लिदी पहिरोमा पुरिएका सात जनाको मृत्यु, ३१ बेपत्ता (सूचीसहित)

    सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर घर पुरिँदा ७ जनाको मृत्यु भएको छ ।

    ३१ जना अझै पुरिएर बेपत्ता छन् । सभामुख सापकोटासहितको टोली सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित पहिरोस्थलमै पुगेर घटनाको जानकारी लिनुभएको उहाँका प्रेस सल्लाहकार श्रीधर न्योपानेले जानकारी दिनुभएको छ ।

    घटनाको घाइते भएका ५ जना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौं ल्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन् ।

    सम्पर्कविहीन भएकाहरुको नामावली पनि प्राप्त भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभएको छ । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।

    उद्धार र खोजी जारी रहेपनि पहिरोले पुरेकाहरुलाई निकाल्न सकिएको छैन । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

    गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार बेपत्ता हुनेको सूची यस्तो छ,

    १. छविलाल दोङ
    २. सोमरानी दोङ
    ३. धनलक्ष्मी
    ४. शिरमाया दोङ
    ५. विवरानी दोङ
    ६. साहिँली दोङ
    ७. बिबी लक्ष्मी
    ८. सानुकान्छा
    ९. साङलामो दोङ
    १०. सोनाम दोङ
    ११. हिरा भक्ति
    १२. जीते झाँक्री
    १३. सानुकान्छी दोङ (गर्भवती)
    १४. दिन्दुस दोङ
    १५. सुरज दोङ
    १६. करेसमाई दोङ
    १७. च्यामा दोङ
    १८. सानु दोङ
    १९. टीकामाई दोङ
    २०. छिरिङ दोङ
    २१. मानबहादुर दोङ
    २२. जयबहादुर दोङ
    २३. प्रिया दोङ
    २४. प्रीति दोङ
    २५. कान्छी दोङ
    २६. सानुकान्छी दोङ
    २७. वाङ्ची लामा दोङ
    २८. धनमाया तामाङ दोङ
    २९. रेनिस दोङ
    ३०. मेकमाई दोङ
    ३१. मिलन दोङ
    ३२. विमला दोङ
    ३३. माइला पराङ
    ३४. प्रकाश दोङ
    ३५. साइली दोङ
    ३६. आयुश दोङ
    ३७ . सुवास तामाङ
    ३८. टीकामाई दोङ


    शुक्रवार, श्रावण ३० २०७७०४:२५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij