Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कोहलपुरमा वाईसीएलका नेतामाथि खुकुरी प्रहार

कोहलपुरमा वाईसीएलका नेतामाथि खुकुरी प्रहार

  • शुक्रवार, बैशाख ३० २०७९

  • 943
    SHARES

  • कोहलपुरमा वाईसीएलका नेतामाथि खुकुरी प्रहार

    नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल)का एक नेतामाथि खुकुरी प्रहार भएको छ ।

    कोहलपुर नगरपालिका-१ कौशिल्यानगरमा धारिलो हतियार खुकुरी प्रहार हुँदा वाईसीएल नेता राजु शाही घाइते भएका हुन् । घाइते शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घट्नामा संलग्न केही व्यक्तलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । घट्नमा संलग्न अन्यको पनि खोजी भइरहेको र घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।


    शुक्रवार, बैशाख ३० २०७९०९:४४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij