काठमाडौं । नेपाल टेलिकमको नाफा २ अर्ब २९ करोड रुपैयाँले घटेको छ । टेलिकमले आव २०७६र७७ मा ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रूपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७५र७६ को नाफाको तुलनामा ६.२ प्रतिशतले कमी हो ।
उक्त आर्थिक वर्षमा नेपाल टेलिमकले ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रुपैयाँ नाफा कमाएको थियो। यस हिसाबले गत आर्थिक वर्षमा नेपाल टेलिकमको नाफा दुई अर्ब २३ करोड २८ लाख ५८ हजार ६२६ रूपैयाँले खुम्चिएको छ लिज्ड लाइन, एफटीटीएच र जिएसएम डेटा बाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजश्वमा कमी आएको कारण टेलिकमको आम्दानी घटेको टेलिकमले बताएको छ ।
कोभिड–१९ महामारीको प्रत्यक्ष असरबाट सेवा प्रयोगमा आएको उच्च गिरावटले गर्दा गत आर्थिक वर्षको अन्तिम त्रैमासको आम्दानी मूख्य रूपमा प्रभावित भएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा डिस्काउन्ट रकम ७९ करोड ३१ लाख ९१ हजार रूपैयाँले वृद्धि भएको तथ्यांक टेलिमले प्रकाशन गरेको छ ।