Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएल : चेन्‍नईलाई हराउँदै मुम्बईको तेस्रो जित

आईपीएल : चेन्‍नईलाई हराउँदै मुम्बईको तेस्रो जित

  • शुक्रवार, बैशाख ३० २०७९

  • 700
    SHARES

  • आईपीएल : चेन्‍नईलाई हराउँदै मुम्बईको तेस्रो जित

    काठमाडौं । चेन्‍नई सुपर किङसलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सले तेस्रो जित निकालेको छ ।

    बिहीबार राति चेन्‍नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो । मुम्बईको जितमा तिलक वर्माले सर्वाधिक ३४ रन बनाए । चेन्‍नईका मुकेश चौधरीले ३ विकेट लिए । त्यसअघि मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्‍नईले १६ ओभरमा सवै विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।

    चेन्‍नईका कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ३६ रन बनाए । मुम्बईका डानिल साम्सले ३ विकेट लिए । जितसँगै मुम्बईले १२ खेलमा ६ अंक जोडेर पुछारमा छ । चेन्‍नई १२ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा छ ।


    शुक्रवार, बैशाख ३० २०७९०६:५३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij