Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डाक्टरसमेत निर्वाचनमा खटिदा प्रयोगशाला सेवा बन्द, बिरामी समस्यामा

डाक्टरसमेत निर्वाचनमा खटिदा प्रयोगशाला सेवा बन्द, बिरामी समस्यामा

  • बिहिवार, बैशाख २९ २०७९

  • 790
    SHARES

  • डाक्टरसमेत निर्वाचनमा खटिदा प्रयोगशाला सेवा बन्द, बिरामी समस्यामा

    काठमाडौ । स्वास्थ्यकर्मीसमेत निर्वाचनमा खटिँदा हुम्ला जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । एक चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी ३० वैशाखको निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटिएका छन् ।

    जिल्ला अस्पतालका चिकित्सक डा। कैलाश लामा नाम्खा गाउँपालिका-१ हेप्का मतदान केन्द्रमा निर्वाचन अधिकृत भएर खटिएका छन

    अस्पतालकी सिनियर अनमी सरिता बोहरा नाम्खा गाउँपालिका-३ को खगालगाउँमा मतदान अधिकृत भएर खटिएकी छन् ।

    हेल्थ असिस्टेन्ट प्रेम भण्डारी हेप्का, प्रजित भण्डारी मेल्छाम, स्टाफ नर्स अञ्जु मल्ल डाडाँफाया, सुर्ति रोकाय, सिमकोट, पूजा चन्द, छिप्रा, निकिता बिसी, लालीस्थित मतदान केन्द्रमा खटिएका छन् ।

    जिल्ला अस्पताल हुम्लामा तीन जना मेडिकल अफिसर, एक जना डेण्टल डाक्टर, दुई जना पारामेडिक्स कर्मचारी र पाँच जना नर्सिङ स्टाफ मात्रै रहेका छन् ।

    प्रयोगशालामा काम गर्ने ७ जना कर्मचारी पनि निर्वाचनमा खटिएपछि प्रयोगशाला सेवा बन्द भएको छ । चार दिनदेखि अस्पतालको प्रयोगशाला बन्द भएपछि बिरामी समस्यामा परेका छन् ।

    प्रयोगशालामा काम गर्ने स्वास्थयकर्मी भक्ति फडेरा रोडिकोट, रवीन्द्र देवकोटा, अदानचुली, सुनिता तामाङ बराई र शोभा रोकाया सर्केगार्ड, रामराज शाही ताजाँकोट, बलिराज भण्डारी लिमी, र दिपेन्द्र शाही सर्केगार्डमा मतदान गराउन खटिएका छन् ।

    अस्पतालमा दैनिक २० जनासम्म बिरामी प्रयोगशाला सेवा लिन आउने गरेका छन् । स्वास्थ्यकर्मीसमेत निर्वाचनमा खटिएपछि अस्पतालले आकस्मिक सेवामात्र दिँदै आएको छ ।

    स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले स्वास्थ्यको कर्मचारी नखटाउन भने पनि निर्वाचन अधिकृतको कार्यालयले खटाएको गुनासो गरे । ‘नखटाउनु भनेको, कर्मचारी नपुगेर हो वा के भएर हो, खटाएछन्, दुई–तीन दिनलाई ग्याप भइहाल्यो’ उनले भने ।

    प्रयोगशालाका सबै कर्मचारी चुनावमा खटिएको उनले स्वीकार गरे । एक जना नजिकैको केन्द्रमा खटिएकाले आकस्मिक काम नरोकिने सिंहले दावी गरे ।

    निर्वाचनको पर्यवेक्षण गर्न हुम्ला आएका राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुदीप पाठकले स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रका कर्मचारीलाई निर्वाचनमा खटाउनु बेठीक रहेको बताए ।


    बिहिवार, बैशाख २९ २०७९०७:१४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij