Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बाराको जीतपुर सिमरा उपमहानगरका मेयर उम्मेदवार पक्राउ

बाराको जीतपुर सिमरा उपमहानगरका मेयर उम्मेदवार पक्राउ

  • बिहिवार, बैशाख २९ २०७९

  • 434
    SHARES

  • बाराको जीतपुर सिमरा उपमहानगरका मेयर उम्मेदवार पक्राउ

    बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् । झडप गराएको आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको हो ।

    माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलौज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् । घटना स्याउली चोकमा भएको हो ।

    महतोका अनुसार उमाकान्तको टोलीले गालीगलौज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्योपाने घाइते भएका छन् । घाइते न्योपानेको अवस्था सामान्य छ। पक्राउ परेका उमाकान्तको बारेमा थप जाँचबुझ भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।


    बिहिवार, बैशाख २९ २०७९०९:५६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij