Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय

शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय

  • बुधवार, बैशाख २८ २०७९

  • 579
    SHARES

  • शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय

    काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ ।

    सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

    ‘सम्बन्धित निकायले हप्ताको दुई दिन विदा गर्दा पाठ्यघण्टा घट्न नदिन ५ दिन १० देखि ४ बजेसम्म र हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म विदा दिन सक्नेछन’ उहाँले भन्नुभयो  । यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था थियो ।

    प्रवक्ता शर्माले विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले विदा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

    सरकारले हप्ताको दुई दिन विदा दिने निर्णय गरेपछि पाठ्यघन्टा घट्न नदिन मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको थियो । सोही छलफलका आधारमा हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

    शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था छ ।


    बुधवार, बैशाख २८ २०७९०४:३५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij