Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लिदी पहिरो : ५ जनाको शव भेटियो [अपडेट]

लिदी पहिरो : ५ जनाको शव भेटियो [अपडेट]

  • शुक्रवार, श्रावण ३० २०७७

  • 661
    SHARES

  • लिदी पहिरो : ५ जनाको शव भेटियो [अपडेट]

    सिन्धुपाल्चोक । शुक्रबार बिहान जुगल गाउँपालिका वडा नम्बर २, लिदीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार घटनास्थलबाट ५ जनाको शव निकालिएको छ । डीएसपी काफ्ले मृत्यु हुनेहरुको सनाखत भने नभएको जानकारी दिए ।

    त्यस्तै पहिरोमा परी घाइते भएकामध्ये ५ जनालाई उद्धार गरी थप उपचारका लागि पठाइएको पनि डीएसपी काफ्लेले बताए ।

    बिहीबार रातिको अविरल वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा परी लिदीमा कम्तीमा १३ घर पुरिएका छन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालका अनुसार पहिरोमा परी ५ परिवार सम्पर्कविहीन भएका छन् ।

    पहिरोमा १३ घर पूरै पुरिए पनि थुप्रै घरमा आंशिक क्षति पुगेको नेपालले बताए । उनका अनुसार तीन घरमा १३ जना सदस्य थिए । बाँकी दुई घरमा कति थिए, खुल्न सकेको छैन ।

    ‘पहिरोबाट १५ जना भने बाहिर निस्केका छन्,’ उनले भने, ‘उनीहरुलाई नजिकै सुरक्षित स्थानमा राखिएको छ ।’


    शुक्रवार, श्रावण ३० २०७७०२:०२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij