काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरको सेवा प्रभावित हुने भएको छ । निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले यही वैशाख २८ र २९ गते कार्यालयको सेवा प्रभावित हुने प्रशासन कार्यालयले जनाएका छन् ।
‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै जिल्ला प्रशासन कार्यालयहरुले मंगलबार जारी गरेको सूचनामा लेखिएको छ ।
तर ललितपुर जिल्ला प्रशासन कार्यालयले भने यस्तो सूचना जारी गरेको छैन । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले कर्मचारीहरु सीमित भए पनि तिनै कर्मचारीहरुबाट सेवा दिइरहेको बताएका छन् ।