Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोक पहिरो अपडेट: ३८ जना बेपत्ता, उद्धारका लागि सभामुख सापकोटा लिदी पुगे

सिन्धुपाल्चोक पहिरो अपडेट: ३८ जना बेपत्ता, उद्धारका लागि सभामुख सापकोटा लिदी पुगे

  • शुक्रवार, श्रावण ३० २०७७

  • 640
    SHARES

  • सिन्धुपाल्चोक पहिरो अपडेट: ३८ जना बेपत्ता, उद्धारका लागि सभामुख सापकोटा लिदी पुगे

    सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे जुगल गाउँपालिका-२ लिदीमा पहिराेमा पुरिएर ३८ जना बेपत्ता भएका छन् ।

    आज बिहान करिब ६ बजेतिर पहिरो जाँदा एकै परिवारका ६ सहित ३८ जना बेपत्ता भएका हुन् । क्षतिकाे यकिन विवरण भने आउन बाँकी छ । अहिलेसम्म ४ जनाकाे शव भेटिएकाे छ । ८ जना घाइतेकाे उद्धार गरिएकाे छ ।

    प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमार्फत् घटनास्थलकाे अवस्था बुझ्न लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेको हाे ।

    लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छन् । रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल पुगेकाे छ ।


    शुक्रवार, श्रावण ३० २०७७०१:४६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij