Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बैंकका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्च सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने

बैंकका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्च सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने

  • बिहिवार, श्रावण २९ २०७७

  • 1.1K
    SHARES

  • बैंकका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्च सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्च सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको हो ।

    संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च गर्न राष्ट्र बैंकले भनेको छ । कोरोना लागेका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरुलाई पनि बैंककै खर्चमा क्वारेनटाइनमा राख्न समेत भनिएको छ ।

    क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सेवा सुविधा समेत बैंकले दिनुपर्नेछ । राष्ट्र बैंकले २ सय भन्दा बढी संक्रमित भएका जिल्लाका बैंक शाखाहरुलाई ५० प्रतिशत कर्मचारीमात्रै राखेर सेवा दिन भनेको छ ।

    सेवा दिदा बैंकहरुले सम्भव भएसम्म वर्क र्फमहोम वा सहज कार्य शैली (फ्लेक्जीवल वर्किङ मोडल) अपनाउन भनेको छ ।


    बिहिवार, श्रावण २९ २०७७०७:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij