काठमाडौं । कतारको सुविधासम्पन्न बसाई र आकर्षक आम्दानीमा रमाइरहेका इश्वर काफ्ले अहिले पाल्पाको रम्भा गाउँपालिका वडा नं. १ का जनताको सेवामा समर्पित हुनुहुन्छ । विदेशमा आफुले जति सम्पत्ति कमाए नि र जति सुविधा भोग्न पाएपनि गाउँलेले दुःख कष्ट पाएको देखेपछि उहाँलाई गाँउलेको सेवा गर्ने हुटहुटि भयो ।
त्यसपछि सुरु गर्नुभयो कतारबाटै गाउँलेको सेवा अभियान । दुःख कष्टमा परेका वा विरामी भएर उपचार गर्न नसकेकाहरुलाई उहाँले कतारबाटै सहयोग रकम पठाउने गर्नु भएको थियो । थोरै रकमले पुग्नेलाई उहाँले आफैले सहयोग दिनु भयो भने धेरै रकम चाहिनेलाई कतारमै सहयोग संकलन अभियान चलाएर आफ्ना गाँउलेलाई सहयोग पठाइ दिनुभयो ।
कतारमा इश्वरलाई अहिले पनि धेरै नेपालीले सहयोग अभियान्ता र मनकारी युवाको रुपमा चिन्दछन् । त्यही शिलशिलामा उहाँले कतारबाटै सहयोग रकम जुटाएर गाउँको हुँगी स्वास्थ्य चौकीलाई एम्बुलेन्स नै किनिदिनुभयो । उहाँको त्यो रचनात्मक र गाउँप्रति समर्पित काम देखेर उहाँलाई प्रोत्साहन गर्न पूर्व स्वास्थ्य मन्त्री तथा काँग्रेस महामन्त्री गगन कुमार थापा एम्बुलेन्स हस्तान्तरण गर्न हुँगी नै आउनु भयो ।
कतारबाट मात्रै सेवा गरेर नपुग्ने ठानेपछि केही बर्ष अगाडि उहाँ गाउँमै फर्किएर गाउँलेको विशुद्ध सेवा गर्न लाग्नुभयो । गाउँलेको सेवाकै लागि उहाँले रम्भामा काफ्ले स्वास्थ्य सेवा केन्द्र पनि स्थापना गर्नु भएको छ । त्यसैगरी गाउँमा स्थानीय तरकारी विक्रि वितरण गराउने उद्धेश्यले काफ्ले तरकारी पसल, काफ्ले मोटरसाइकल मर्मत केन्द्र, काफ्ले मोवाइल पसललगायत खोल्नु भएको छ ।
गाउँलेका हरेक सुख, दुःखमा जहाँ पनि जहिले पनि हाजिर हुने स्वभावका काफ्लेलाई गाउँलेले अहिले पनि भरपर्दो सेवकको रुपमा लिने गरेका छन् । तर व्यक्तिगत रुपमा मात्रै सबै सेवा गर्न नसकिने भएपछि उहाँले गाउँपालिकाबाट सेवक बन्ने उद्धेश्यले अहिले रम्भा १ को वडा अध्यक्षमा उम्मेदवारी दिनु भएको छ ।
काँग्रेसबाट सर्वसम्मत उम्मेदवार बन्नु भएका काफ्लेले आफ्नो घरमा संभवतः सबैभन्दा ठूलो चार तारे झण्डा राखेकाले पनि छुट्टै पहिचान बनाउनु भएको छ ।
वडा अध्यक्षमा निर्वाचित भएमा आफुले पाउने सबै सेवा सुविधा जनताकै लागि समर्पित गर्ने घोषणा गर्नु भएका काफ्लेले “आर्थिक पारदर्शिता काममा ईमानदारिता, समग्र वडाको बिकास हाम्रो प्रर्तिवद्धता” लाई आफ्नो मुल नारा बनाउनु भएको छ ।
उहाँले सार्वजनिक निजि सहकार्यमा आधारित एउटा नमुना आवासिय विद्यालय स्थापना गर्ने अठोट गर्नु भएको छ । उच्चतम प्रविधि सहितको त्यस विद्यालयमा विभिन्न देशका प्रविधिक विद्यालयसंग शैक्षिक सहकार्य गर्ने उहाँको योजना छ ।
त्यसैगरी सार्वजनिक पुस्तकालय, जेष्ठ नागरीक विश्राम स्थल, सामुदायिक अध्ययन तथा योग साधना केन्द्र स्थापना गर्ने, शिक्षण सिकाईमा भ्रमण तथा तालिमको अवसर प्रदान गर्न अन्तराष्ट्रिय शिक्षण सिकाईको विधिमा केन्द्र र प्रदेश सरकारसंग समन्वय गरी उचित भ्रमणको ब्यवस्था गरी शिक्षणको सिकाईलाई थप प्रभावकारीक बनाउन पहल गर्ने, वार्डको उत्कृष्ट विद्यार्थी छात्र छात्रालाई वार्ड कार्यसमितिको मानार्थ सदस्यता प्रदान गर्ने लगायतका कार्य पनि गर्ने युवा नेता काफ्लेले बताउनु भएको छ ।
शैक्षिक संस्थामा आवास, खाना, छात्रबृति, प्रोत्साहन तथा पुरस्कार स्वरुप ल्वापटप तथा साईकल उपलब्ध गराउने र त्यसका लागि छात्रबृति राहत कोष स्थापना गर्ने उहाँले अवधारणा अगाडि सार्नु भएको छ ।
त्यसैगरी सार्वजनिक निकायमा अपाङ्ग बाल बृद्ध मैत्री बनाउने, विद्यालय समयमा विद्यार्थी तथा शिक्षकको सुविधाका लागी गाउँपालिकासंग समन्वय गरी विद्यालय बस संचालन गर्ने, सुविधा सम्पन्न अस्पतालको लागी केन्द्र प्रदेश तथा दातृनिकाय गाउँपालिकासंग समन्वय गरी स्वास्थ्य क्षेत्रमा केन्द्र सरकारसंग समन्यव गरी सुविधा सम्पन्न अस्पताल निमार्ण गर्ने उहाँको योजना छ ।
उहाँले सार्वजनिक गर्नु भएको घोषणापत्रमा अरु केही निम्नानुसारका योजनाहरु पनि उल्लेख गरिएको छ ।
स्वास्थ्य सुविधालाई मध्यनजर राखी “रोगको विचार, घर घरमा उपचार” कार्यक्रम गर्न गाउघर क्लिनक ब्यवस्था गर्ने ।
“सुत्केरी आमा: पोषिलो खाना” कार्यक्रम मार्फत सुत्केरीको स्याहार र बच्चाको आहारका लागि पोषण कुपनको ब्यवस्था गर्ने ।
“म स्वाथ्य मेरो गाउँ स्वाथ्य” नारालाई आत्मा साथ गरी हरेक महिना वडावासीको पायक पर्ने स्थानमा घुम्ति स्वाथ्य शिविर सन्चालन गर्ने ।
“योग गरौ, स्वस्थ रहौँ” भन्ने मुल मन्त्रका साथ योग शिविरहरु सञ्चालन गर्ने र खेर गईरहेको जडिबुटिको पहिचान गरी आर्युवेद उपचारको पद्धतिलाई बढवा दिने ।
कृषिमा अनुदान, किसानलाई सम्मान र नयाँ प्रविधि तथा औजारको प्रयोग बढाउन किसान क्लव गठन गर्ने ।
“पशुको अवस्था, पशु विमाको ब्यवस्था” कार्यक्रम मार्फत ब्यवसायीक पशु पालन तथा कृषिमा युवाको आकर्षण बढाई किसानलाई आत्म निर्भर हुन प्रोत्साहन गर्ने ।
“वडा वासिलाई आवहान, सामूहिक खेतीमा प्रोत्साहन ” कार्यक्रम गर्ने ।
सार्वजनिक स्थलमा कलात्मक रङ्ग रोगनको ब्यवस्था गर्ने ।
पैदल मार्गलाई ब्यवथित गरी सेजुगाउमा स्तरीय होमस्टे गराई पर्यटनको प्रवद्धन गर्ने ।
कालिगण्डकी करिडोर सडकको कलात्मक ब्यवस्थापन गरी सडकको दायाँ बायाँ बृक्षारोपण गरि पार्क निमार्ण गर्ने ।
टुरिजम बोर्डसंग सहकार्य गरी कालिगण्डकी नदीमा पानी मेला रुयाफटिङ्ग आयोजना गरि यहाँका घार्मिक स्थल तथा कालिगण्डकीको महत्वको प्रचार प्रसार गर्नेे ।
कालिगण्डकीमा मात्र पाईने शालिकरामको पहिचान तथा शालिकराम धाम स्थापना गर्ने ।
पर्यटकीय धार्मिक स्थलहरु जस्तै रमणेश्वर मन्दीर, लक्ष्मीनारायण मन्दीर, पिपल धाम बलौटे संगाह उतरवाहिनी तथा अन्य मठमन्दिरको संरक्षण, संर्वधन गर्ने कार्य अगाडी बढाउने ।
कुडहर बृहतर सिंचाईलाई यसै वर्ष भित्र पुरा हुने गरी लिफटिङ्ग मार्फत कालिगण्डकीको पानी ल्याई सिंन्चाईको ब्यवस्थापन गर्ने ।
वडामा बसोवास गर्ने सम्पूर्ण समुदायको साँस्कृतिक पहिचान झल्किने एक सामूहिक साँस्कृतिक केन्द्र स्थापना गर्ने ।