काठमाडौँ । कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सगरमाथा साहित्य प्रतिष्ठानले सुरु गरेको अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ । प्रतिष्ठानको केन्द्रीय कमिटी युएईबाट थालिएको यस अभियानमा देश–विदेशका सहयोगी मनहरू जोडिएका छन् ।
अहिलेसम्म देश–विदेशमा रहेका शुभ–चिन्तकहरुमार्फत ४ लाख ५० हजारभन्दा बढी रकमको कबोल आएको अभियान संयोजक समेत रहनुभएका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी दिनुभयो । उहाँका अनुसार १२१ जनाबाट उक्त रकम बराबरको सहयोग जुटेको हो । यस अभियानमा स्वतःस्फूर्त एवं स्वेच्छिक सहयोग गर्नेहरु र चासो राख्नेहरुको संख्या पनि बढ्दै गएको उहाँको भनाइ छ ।
‘एक प्रतिभाशाली स्रष्टा, जो श्रवण अपांगताका बाबजुद पनि साहित्य–कला र पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान दिइरहेको छ, उसलाई हेर्ने दायित्व राज्यको हुनुपर्ने हो,’ अध्यक्ष मगरले भन्नुभयो, ‘तर राज्यको नजरबाट वञ्चित तारकिणीजस्ता स्रष्टाका लागि हामीले हातेमालो किन नगर्ने रु थोपा–थोपा मिलेर समुद्र भनेझैँ सबै साहित्य–कलाप्रेमी शुभेच्छुकहरुको ससानो सहयोगबाट पनि ठूलै काम बन्न सक्छ भन्ने लागेर नै हामी अग्रसर भएका हौँ ।’
यसैगरी अभियानलाई सफल पार्न अन्य संस्था–समूहबाट समेत सहयोग संकलन कार्य भइरहेको प्रतिष्ठानका केन्द्रीय महासचिव डिजी शर्माले बताउनुभयो । अनेसास जापान च्याप्टरले अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलसँगको समन्वयमै सहयोग संकलन गरिरहेको शर्माले जानकारी दिनुभयो । साथै किराँत–राई यायोख्खा शाखा युएईले पनि सहयोग संकलन गर्न लागेको शाखाकी उपाध्यक्ष तथा सगरमाथा साहित्य प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्ष सरु शीतल राईले जानकारी गराउनुभयो ।
प्रतिष्ठानले तारकिणीको उपचारका लागि हरेक क्षेत्र र तह–तप्काबाट आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वान समेत गरेको छ ।
हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाउनुभएका तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत सक्रिय हुनुहुन्छ । उहाँको हाल काठमाडौँ महाराजगन्जस्थित त्रि।वि। शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ को तयारी भइरहेको छ । यो उपचार सफल भएमा उहाँको श्रवणशक्ति पुनः प्राप्त हुने सम्बन्धित चिकित्सकले बताउनुभएको छ । ‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै कम्तीमा १८ देखि २० लाखजति खर्च हुने चिकित्सकको भनाइ छ । अप्रेसनपश्चात् पनि वार्षिक रुपमा नियमित म्यापिङ र अन्य थेरापीवापत थप पचास–साठी हजार खर्च छुट्याइराख्नुपर्ने बताइएको छ ।
तारकिणी हाल न्यूज २४ नेपालमा कार्यरत हुनुह्रन्छ । उहाँका यसअघि नै तीन वटा साहित्यिक कृति प्रकाशित छन् भने नयाँ कविता संग्रह प्रकाशन हुने क्रममा छ ।
उहाँको उपचारका लागि सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्था–समूहहरुले तल उल्लेखित विवरणमा सम्पर्क गर्न र सहयोग रकम पठाउन सकिने प्रतिष्ठानले जनाएको छ ।
सहयोग रकम पठाउनका लागि बैंक खाता :
नाम : Rajendra Prasad Pant बैंक : Global IME Bank Ltd / Kantipath Branch खाता नम्बर : 0107010024497
नाम : Rajendra Prasad Pant बैंक : NIC Asia Bank Ltd / Sukedhara Branch खाता नम्बर : 2887931058524001
E-Sewa/Khalti wallet : +977-9861606136 (Rajendra Prasad Pant)
थप जानकारीका लागि : +977-9849560709 सगरमाथा साहित्य प्रतिष्ठानमा सम्पर्कः प्रतिष्ठानको Whats-app नम्बर : +971-545643900 फेसबुक - https://www.facebook.com/sagarmathasahityapratishthan
केन्द्रीय अध्यक्ष : जीवित खड्का मगर (https://www.facebook.com/jeevit.khadka) फोन नं.- +971-525347997
केन्द्रीय महासचिव- डिजी शर्मा (https://www.facebook.com/dipak.gautam.1232) फोन नं.- +971-545844855