Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

काभ्रेमा बस र टाटासुमो ठोक्किँदा ५ जनाको मृत्यु, १९ घाइतेमध्ये केहीको अवस्था गम्भीर

काभ्रेमा बस र टाटासुमो ठोक्किँदा ५ जनाको मृत्यु, १९ घाइतेमध्ये केहीको अवस्था गम्भीर

  • बुधवार, बैशाख २१ २०७९

  • 610
    SHARES

  • काभ्रेमा बस र टाटासुमो ठोक्किँदा ५ जनाको मृत्यु, १९ घाइतेमध्ये केहीको अवस्था गम्भीर

    काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आउँदै गरेको जिप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । तीर्थ यात्रु बोकेर भारत जाँदै गरेको बस र टाटा सुमो ठोक्किँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिन्धुलीको कमलामाई ६ का ३० वर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाका अनुसार यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं आउँदै गरेको ना१ज ४२१० नम्बरको जिप एकापसमा ठोक्एिका हो ।

    दुर्घटनामा अन्य १९ यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


    बुधवार, बैशाख २१ २०७९०३:०४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij