Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज पनि अधिकांश स्थानमा पानी पर्ने

आज पनि अधिकांश स्थानमा पानी पर्ने

  • बुधवार, बैशाख २१ २०७९

  • 480
    SHARES

  • आज पनि अधिकांश स्थानमा पानी पर्ने

    काठमाडौं– नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    तीन मौसमी प्रणालीका कारण देशभर केही दिनदेखि वर्षा भइरहेको महाशाखाको भनाइ छ। काठमाडौं उपत्यकासहित देशका  केही स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका केही र तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

    राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अरू भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     


    बुधवार, बैशाख २१ २०७९०७:२०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij