Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्थानीय चुनाव लक्षित गतिविधि : ‘बेवास्ता’मा कोरोना भाइरस

स्थानीय चुनाव लक्षित गतिविधि : ‘बेवास्ता’मा कोरोना भाइरस

गम्भीर संकट निम्तिन सक्ने विज्ञको चेतावनी, सरकार भन्छ–जोखिम न्यूनीकरणमा लागि परेका छौं
  • सोमवार, बैशाख १९ २०७९

  • 542
    SHARES

  • स्थानीय चुनाव लक्षित गतिविधि : ‘बेवास्ता’मा कोरोना भाइरस

    काठमाडौँ । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले चुनावी गतिविधिलाई तिव्रता दिएका छन् । चुनावी कार्यक्रमका नाममा विश्वको स्वास्थ्य जगतलाई नै थङथिलो बनाउने कोरोना भाइरस (कोभिड १९)लाई पूरै बेवास्ता गरिएको भन्दै जनस्वास्थ्यविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

    उम्मेदवारहरुले अहिले देशभर आफ्नो पक्षमा जनमत बटुल्टन घरदैलो कार्यक्रमदेखि ठूला भेला, बैठक तथा सभा–आमसभा संचालन गर्दै आएका छन् । यसले भोलि स्वास्थ्य क्षेत्रको स्थिति खरनाक बन्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउनुहुन्छ ।

    सरकार र निर्वाचन आयोगले पनि कोरोनालाई पूरै बेवास्ता गरेको उहाँको आरोप छ । अहिले कोरोना संक्रमितको ग्राफ ओरालो लाग्यो भन्दैमा यसलाई बेवास्ता गर्न नहुने जनस्वास्थ्यविद् डा. मरासिनीको सुझाव छ ।

    विज्ञहरुले सरकार गम्भीर नभएको आरोप लगाइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सतर्कता अपनाउन आग्रह गरेको छ । कोरोना संक्रमणको संभावित जोखिमबारे सरकार जानकार रहेको भन्दै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले त्यसअनुसारको तयारी गर्न मातहतका अस्पताल र स्वास्थ्यसंस्थालाई निर्देशन दिइसकेको बताउनुभयो । संक्रमणलाई पुनः बढ्न नदिन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम सुरु गरिसकेको उहाँको भनाइ छ ।

    खास गरेर अहिले छिमेकी देश भारतमा दैनिक कोरोना संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ । त्यसको असर नेपालमा पनि देखिने विगतकै घटनाहरुले पुष्टि गर्छ । यसैलाई मध्येनजर गर्दै सावधानी अपनाउन जरुरी भएको सहप्रवक्ता अधिकारी बताउनुहुन्छ ।

    अहिले नेपालमा कोरोना संक्रमण दर सामान्य जस्तै छ । तर छिमेकी मुलुक भारत र चीनमा कोरोना फैलिने क्रम तीव्र रहेको र नेपालमा पनि स्थानीय चुनावले भीभाड बढाएकाले उच्च सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।


    सोमवार, बैशाख १९ २०७९०७:४६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij