Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मौसमः मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

मौसमः मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

  • सोमवार, बैशाख १९ २०७९

  • 556
    SHARES

  • मौसमः  मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको छ । अहिले पहाडी क्षेत्रका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

    आज उपत्यकासहित देशका धेरै ठाउँमा नै हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

    नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यसकै कारण आज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दिउँसो प्रदेश(१, मधेस प्रदेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम सामान्य बद्ली रहने छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ ।

    दिउँसो सातै प्रदेशका केही ठाउँमा पानी पर्ने अनुमान छ । यस्तै, पहाडी क्षेत्रमा मेघगर्जनसहित चट्याङ्ग पर्ने भएकाले सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ ।


    सोमवार, बैशाख १९ २०७९०७:३४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij