Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

  • आइतवार, बैशाख १८ २०७९

  • 323
    SHARES

  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

    काठमाडौं । १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकले सडक ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आइतबार विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।

    अन्तर्राष्ट्रिष्य श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

    नेपाल ट्रेड युनियन कांग्रेसले आइतबार बिहान श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्राको आयोजना गरेको छ। भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा शहीदगेट, न्यूरोड, रत्नपार्क हुँदै बागबजारस्थित भक्तपुर बसपार्कमा पुगेर सभामा परिणत हुनेछ।

    यस्तै नेपाल ट्रेड युनियन महासंघले मध्याह्न भृकुटीमण्डमा श्रमिक सभा आयोजना गर्ने छ। नेपालका क्रियाशील एक दर्जन बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र(जेटियूसीसी)ले अपराह्न बृहत् कार्यक्रम गर्ने जनाएको छ ।

    २००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७५ वर्ष पार गरेको छ। २००७ को राणा शासनविरुद्ध, विसं २०४६ को प्रजातन्त्र प्राप्ति तथा २०६२÷६३ को गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ ।


    आइतवार, बैशाख १८ २०७९०७:४५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij