Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मर्यादित श्रम र उचित पारिश्रमिकको प्रत्याभूति होस् : राष्ट्रपति भण्डारी

मर्यादित श्रम र उचित पारिश्रमिकको प्रत्याभूति होस् : राष्ट्रपति भण्डारी

  • आइतवार, बैशाख १८ २०७९

  • 404
    SHARES

  • मर्यादित श्रम र उचित पारिश्रमिकको प्रत्याभूति होस् : राष्ट्रपति भण्डारी

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले श्रमको सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताएकी छिन्।

    अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकार सुनिश्चित गर्नेतर्फ अग्रसर हुन आवश्यक रहेको बताएकी छिन्।

    ‘नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक समेत प्रत्याभूत गरेको छ’, सन्देशमा भनिएको छ, ‘न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधान कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हाम्रो दायित्व हो।’

    राष्ट्रपति भण्डारीले आप्रवासी श्रमिकको मानवअधिकार रक्षा गर्न सम्बद्ध निकाय र क्षेत्रहरूले निरन्तर पहल जारी राख्नुपर्ने पनि बताएकी छिन्। ‘उद्यमशीलता विकासका लागि पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुन्छ’, सन्देशमा उनले भनेकी छिन्, ‘ त्यसैले श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ हामी सबैको प्रयास रहनु अत्यन्त आवश्यक छ।’ 


    आइतवार, बैशाख १८ २०७९०७:०८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij