Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सातामा दुई दिन विदा दिँदा उत्पादकत्वमा ह्रास आउने दाबी

सातामा दुई दिन विदा दिँदा उत्पादकत्वमा ह्रास आउने दाबी

  • बिहिवार, बैशाख १५ २०७९

  • 406
    SHARES

  • सातामा दुई दिन विदा दिँदा उत्पादकत्वमा ह्रास आउने दाबी

    काठमाडौं । इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् । संकटको बेलमा बढी काम गरेर आम्दानी बढाउने कि बढी विदा दिएर खर्च जोगाउने भन्ने द्विविधामा सरकार फसेको उनीहरूको तर्क छ।

    संसारका धेरै मुलुकमा दुई दिन विदा दिने चलन भए पनि उत्पादकत्व करिव नकारात्मक भएको तथा सेवा प्रवाहको क्षेत्रमा अत्यन्तै पछाडि रहेको मुलुकमा विदा थप्दा त्यसले विभिन्न क्षेत्रमा नकारात्मक असर गर्ने उनीहरुको तर्क छ।

    विश्वव्यापी मान्यताअनुसार हप्तामा ४० घण्टा काम गर्ने चलन छ। तर, त्यस्ता देशमा घण्टाको हिसावमा काम हुन्छ । त्यहाँको सेवा प्रवाह चुस्तदुरुस्त छ भने अधिकांश काम अनलाइनको माध्यमबाट नै सञ्चालन हुन्छ । साथै एक ठाउँको नागरिकलाई अर्को ठाउँमा पुग्न र सरकारी सेवा उपभोग गर्न कुनै कठिनाइ हुँदैन । तर, नेपाल सेवा प्रवाह र उत्पादकत्वको क्षेत्रमा पछाडि रहेका कारण यसले सकारात्मक भन्दा पनि नकारात्मक असर बढी पार्ने विज्ञहरुको तर्क छ।

    सरकारले इन्धन खपत घटाउन भनेर विदा दिए पनि सम्छामा खपतमा कुनै असर नगर्ने अर्थविद् रामेश्वर खनाल बताउँछन् । दुई दिनको सरकारी विदाले सरकारी इन्धनको खपत घटाउने भए पनि समष्टिगत इन्धनको खपत झनै बढाउने उनको तर्क छ। दुई दिन छुट्टी हुनेवित्तिकै मानिसहरू पुम्न निस्किन्छन् । त्यसले इन्धनको खपतलाई झनै बढाउँछ,’ उनले भने । यो समाचार कारोबार दैनिकमा छ ।

     


    बिहिवार, बैशाख १५ २०७९०७:१२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij