Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु, एकजना घाइते

हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु, एकजना घाइते

  • बिहिवार, श्रावण २९ २०७७

  • 673
    SHARES

  • हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु, एकजना घाइते

    हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौं‌डा-३ स्थित बसामाडीको तीनताप्के भन्ने स्थानमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका-५ डिल्लीपुरका करिब ३२ वर्षीय बाबुराम रुम्बा र  ३५ वर्षीय अमृत लोप्चन रहेका छन् । घाइते अटो चालक मनहरी गाउँपालिका-५ बसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्काको चुरेहिलमा उपचार भइरहेको छ ।

    मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो बिहीबार ठोक्किँदा दुर्घटना भएको हो ।


    बिहिवार, श्रावण २९ २०७७०३:२३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij