Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर थप १८ जनामा कोरोना संक्रमण, १७ जना निको

देशभर थप १८ जनामा कोरोना संक्रमण, १७ जना निको

  • शनिवार, बैशाख १० २०७९

  • 523
    SHARES

  • देशभर थप १८ जनामा कोरोना संक्रमण, १७ जना निको

    काठमाडौँ । नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६९१ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण हुने मृतकको संख्या थपिएको छैन ।

    पछिल्लो २४ घण्टामा देशभर १७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ४९८ पुगेको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २८३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


    शनिवार, बैशाख १० २०७९०४:३०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij