Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्णरूपमा बन्द

काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्णरूपमा बन्द

  • बिहिवार, श्रावण २९ २०७७

  • 792
    SHARES

  • काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्णरूपमा बन्द

    काठमाडौं । कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी–साधनका लागि दिइने पास पूर्णरूपमा बन्द गरिएको छ ।

    गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरूपमा बन्द गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौैंले बिहीबार सूचना जारी गरेर अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान रोक लागाएको जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिँइदै आएको पास पूर्णरूपमा बन्द गरिएको जानकारी दिनुभयो ।

    अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास जारी नगर्ने उहाँले बताउनुभयो । गृह मन्त्रालयले बुधबार पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । पास वितरण बन्द भएपनि अत्यावश्यक सामान बोकेका सवारी–साधन र एम्बुलेन्स भने चल्न पाउनेछन् ।


    बिहिवार, श्रावण २९ २०७७०३:२०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij