Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्याङ्जा जीप दुर्घटना अपडेट : मृतक ५ जनाकै पहिचान खुल्यो

स्याङ्जा जीप दुर्घटना अपडेट : मृतक ५ जनाकै पहिचान खुल्यो

  • आइतवार, बैशाख ४ २०७९

  • 493
    SHARES

  • स्याङ्जा जीप दुर्घटना अपडेट : मृतक ५ जनाकै पहिचान खुल्यो

    काठमाडौँ । स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउने पाँच जनाको पहिचान खुलेको छ । वालिङ नगरपालिका–१२ सिर्सेकोटबाट वालिङ–१३ को बायाँटारीका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ–१२ को फिरफिरेमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा वालिङ नगरपालिका–१२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, ४५ वर्षकी हिराकुमार डाला, २५ वर्षकी शर्मीला सारु, उहाँका ७ वर्षका छोरा गौरव सारु र वालिङ नगरपालिका–१४ की ६१ वर्षकी कुलकुमारी कनौचे रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा परि चार जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी निरीक्षक पद्मराज थापाले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते हुनेमा ६० वर्षका अङ्गबहादुर डाला, ५७ वर्षका दलबहादुर डाला, ५५ वर्षकी मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, १९ वर्षकी लक्ष्मी डाला र १८ वर्षकी नविना सारु रहेका जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।

    घाइते ६ जनालाई उपचारका लागि पोखरा पठाइएको प्रहरी निरीक्षक थापाले बताए । जीपमा ११ जना यात्रु थिए ।


    आइतवार, बैशाख ४ २०७९०२:११:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij