Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जना निको

देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जना निको

  • शुक्रवार, बैशाख २ २०७९

  • 674
    SHARES

  • देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जना निको

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५५ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९०३ जनामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ६४८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ४० हजार १५८ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६६ हजार २५९ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

    हाल देशभर ४३८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४१९ जना होम आइसोलेसनमा रहेका छन् भने १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    शुक्रवार, बैशाख २ २०७९०३:३६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij