Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आजदेखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु

आजदेखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु

  • शुक्रवार, बैशाख २ २०७९

  • 508
    SHARES

  • आजदेखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु

    काठमाडौं । आज (बैशाख २ शुक्रबार) देखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु हँदै छ । आगामी जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने तयारीअनुसार आजदेखि भर्ना अभियान सुरु गर्न लागिएको हो ।

    नयाँ भर्ना अभियान सुरु गर्न स्थानीय तह र सबै विद्यालयलाई निर्देशन दिइसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

    केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलका अनुसार भर्ना अभियान यही वैशाख ३१ गतेसम्म सञ्चालन गरिने छ । यस अवधिमा देशभरका सामुदायिक तथा निजी विद्यालयहरूले विद्यार्थीको नयाँ भर्ना लिइसक्नुपर्ने केन्द्रले जनाएको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गएको चैत २१ गते नै सूचना प्रकाशित गरेर भर्ना अभियान र परीक्षा सञ्चालन वैशाखभित्रै सक्न स्थानीय र विद्यालयहरुलाई निर्देशन दिएको थियो ।

    यस वर्ष भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न भनिए पनि भर्ना अभियान भने नाराजुलुससहित नगर्न केन्द्रले निर्देशन दिएको छ ।
    सरकारले कोभिड संक्रमण अघिसम्म वैशाख १ गते नारा जुलुस नै गरेर नयाँ भर्ना अभियान सञ्चालन गर्दै आएको थियो ।

    कोरोना संक्रमणको जोखिम अझै अन्त्य नभइसकेको कारण नाराजुलुसबाहेक वैकल्पिक माध्यमबाट भर्ना अभियान सञ्चालन गर्न केन्द्रले भनेको छ ।


    शुक्रवार, बैशाख २ २०७९०९:२७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij