Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज नयाँ वर्ष २०७९ सालको पहिलो दिन, शुभकामना आदानप्रदान गरी मनाइँदै

आज नयाँ वर्ष २०७९ सालको पहिलो दिन, शुभकामना आदानप्रदान गरी मनाइँदै

  • बिहिवार, बैशाख १ २०७९

  • 450
    SHARES

  • आज नयाँ वर्ष २०७९ सालको पहिलो दिन, शुभकामना आदानप्रदान गरी मनाइँदै

    काठमाडौँ– आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

    आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

    सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. माधव भट्टराई बताउँछन् ।

    “विक्रम ६० सम्वतसरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य सम्वत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम सम्वत् चल्दछ, शक सम्वतका विशेषतादेखि इश्वी सम्वतका व्यवहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो सम्वतकाे पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ ।

    सौरमान र चान्द्रमानको समन्वय पनि यो सम्वतमा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम सम्वत् सुरु भएको हो ।

    हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।

    आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

    विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ सम्वतसर भने चैत १९ गतेदेखि नै सुरु भइसकेको छ ।

    चैत १९ गतेदेखि नल नामको सम्वतसर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

    वैदिक सनातन हिन्दू धर्मअनुसार ६० सम्वतसर छन् । यी सम्वतसर आदि अनादिकालदेखि घुम्दै आएका छन् ।

    षष्टि सम्वतसरमध्येको पहिलोको नाम प्रभव हो ।

    अहिले चलिरहेको नल ५० औँ सम्वतसर हो । प्रत्येक संवतसरको बेग्लाबेग्लै फल हुने ‘षष्टि सम्वतसर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताए । 


    बिहिवार, बैशाख १ २०७९०७:००:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij