Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओखलढुंगा दुर्घटना अपडेट : घाइते एक जना प्रहरीको मृत्यु, मृतकको संख्या ३ पुग्यो

ओखलढुंगा दुर्घटना अपडेट : घाइते एक जना प्रहरीको मृत्यु, मृतकको संख्या ३ पुग्यो

  • बुधवार, चैत्र ३० २०७८

  • 592
    SHARES

  • ओखलढुंगा दुर्घटना अपडेट : घाइते एक जना प्रहरीको मृत्यु, मृतकको संख्या ३ पुग्यो

    काठमाडौँ । ओखलढुङ्गाको मानेभञ्ज्याङ ६ मा बोलेरो दुर्घटना हुँदा ३ जना प्रहरीको मृत्यु भएको छ । दुर्घटना आज बिहान साढे ८ बजे भएको हो । सोलुखुम्बुबाट विराटनगर जादैँ गरेको बा १७ च १०९४ को बोलेरो दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार उक्त बोलेरो १५० मिटर तल खसेको थियो । बोलेरोमा सवार प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिक राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी जवान रूपक विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको हो ।

    बोलेरो जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर जादैँ थियो । दुर्घटनामा परी प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल र चालक लीलाप्रसाद खनाललाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । घाइते भएका प्रहरी नायब निरीक्षक धनराज खतिवडालाई भने स्थानीय मेडिकलमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।

    बोलेरोको चालक पनि घाइते भएर काठमाडौँमा उपचारका लागि ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए ।


    बुधवार, चैत्र ३० २०७८०४:१४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij