Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबल छनोट खेल फेरि स्थगित

विश्वकप फुटबल छनोट खेल फेरि स्थगित

  • बुधवार, श्रावण २८ २०७७

  • 1.3K
    SHARES

  • विश्वकप फुटबल छनोट खेल फेरि स्थगित

    काठमाडौं ।  सन् २०२२ मा हुने विश्वकप फुटबल तथा एसिया कप छनोट खेल फेरि स्थगित भएको छ। कोभिड महामारीका कारण अक्टोबर र नोभम्बरमा तय भएको खेल फेरि स्थगित भएको हो।

    फेरि पनि निर्धारित मितिमा छनोट खेल नहुने एसियन फुटबल महासँघले जनाएको छ। दोस्रो पटक स्थगित भएको छनोट खेल सन् २०२१ मा मात्रै हुने महासँघले जनाएको छ।

    नेपालले घरेलु मैदानमा खेल्ने खेलहरु बाँकी छ। जोडर्न, अष्ट्रेलिया र चाइनिज ताइपेईसँग नेपालले दशरथ रंगशालामा खेल्नेछ। छनोट खेलका लागि दशरथ रंगशालाको तयारी समेत भइसकेको छ। तर, एसियन मुलुकहरुमा महामारीको जोखिम झनै बढेको भन्दै छनोट खेल स्थगित गरिएको छ।

    नेपालले अवे खेलमा चाइनिज ताइपेई बाहेक अरुसँग जित निकाल्न सकेको छैन।


    बुधवार, श्रावण २८ २०७७०३:५३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij