काठमाडौँ । जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष आर्गेनीस एंगुलो र उपाध्यक्ष राखी जैन नेपाल आउन लाग्नु भएको छ । अध्यक्ष एंगुलो आज आउनु लाग्नु भएको हो भने उपाध्यक्ष जैन भोली आउनु हुने भएको हो । एंगुलो भेनेजुयलाका नागरिक र जैन भारतकी नागरिक हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय अध्यक्षको सात बर्षपनि नेपाल भ्रमण हुन लागेको नेपाल जेसीजका अध्यक्ष लालमणी भण्डारीले जानकारी दिनुभयो । बिहान ११.३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि एंगुलो यही चैत २७ सम्म नेपालमा रहनु हुनेछ ।
नेपालमा रहँदा उहाँले नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्र्तगतको “नेस्नल काउन्सीलरर्स एकेडेमी”लगायतका जेसीजका कार्यक्रममा सहभागी हुनुका प्रधानमन्त्री शेर बहादुर देउवाज्यु, अर्वपति तथा सांसद बिनोद चौधरी, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल स्थीत राष्ट्रसंघीय प्रतिनिधिहरु लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
१८ देखि ४० बर्षसम्मका युवाहरुको अन्तर्राष्ट्रिय सामाजिक संस्था जेसीजको स्थापना नेपालमा विक्रम सम्बत २०२१ आश्विन २ गते भएको हो । अन्तर्राष्ट्रिय जेसीजको स्थापनाकालको ४९ वर्ष पछि डा. भेष बहादुर थापाज्यूको नेतृत्वमा नेपाल जेसीजको कार्यसमिति गठन गरिएको थियो ।
नेपालमा अहिले जेसीजको १७२ शाखा छन भने विश्वका १२० भन्दा बढी देशमा सदस्य राष्ट्रिय कार्यसमिति रहेको छ । जेसीजको सवै कार्यसमितिको हरेक बर्ष नयाँ नेतृत्व चयन गरिन्छ भने एक व्यक्ति, एक पद, एक कार्यकाल मात्रै निर्वाचित हुन पाइने व्यवस्था रहेको छ ।