Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सर्लाही मलंगवामा गोली चल्यो, एक पुरुषको मृत्यु

सर्लाही मलंगवामा गोली चल्यो, एक पुरुषको मृत्यु

  • बिहिवार, चैत्र २४ २०७८

  • 701
    SHARES

  • सर्लाही मलंगवामा गोली चल्यो, एक पुरुषको मृत्यु

    सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुषको हत्या गरिएको छ ।

    बुधबार साँझ मलंगवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो ।

    गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेका थिए ।


    बिहिवार, चैत्र २४ २०७८०६:३१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij