Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एमबिबिएस प्रवेश परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ

एमबिबिएस प्रवेश परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ

  • आइतवार, चैत्र २० २०७८

  • 724
    SHARES

  • एमबिबिएस प्रवेश परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ

    काठमाडौं – चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबिबिएस प्रवेश परीक्षामा उपस्थित भएका पाँच जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

    महानगरीय अपराध महाशाखाको टोलीले चार नक्कली परीक्षार्थी र एक जना सक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

    चैत १८, २० र २१ गते हुने एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू हुन सक्ने भन्दै प्रहरीलाई जानकारी गराइएको थियो। सो सूचनापछि महाशाखाले ‘अपरेसन इको’ सञ्चालन गरेको थियो।

    त्यसअनुसार प्रहरीले शुक्रबार काठमाडौंको सिसिआरसी कलेज, एम्बिसन कलेज, ग्रामर स्कुललगायत परीक्षा केन्द्रहरूबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा महोत्तरीका २२ वर्षीय अमर पण्डित, सर्लाहीका २२ वर्षीय अनिकेत चौधरी र सप्तरीका २६ वर्षीय राम आशिष यादव, भारत विहारका २४ वर्षीय इस्तियाख अहमद र महोत्तरीका २२ वर्षीय सन्नीकुमार साह छन्।

    प्रहरी उपरीक्षक कोइरालाका अनुसार पण्डित, चौधरी ललितपुरको किष्ट अस्पतालमा एमबिबिएस पहिलो वर्षमा र यादव तेस्रो वर्षमा पढ्दै थिए।

    सन्नीकुमार साह भने सक्कली परीक्षार्थी नै हुन्। तर उनले इस्तियाख अहमदलाई परीक्षा दिन पठाएको खुलेको हो।

    पण्डित, चौधरी र यादवलाई क्रमशस् धनुषा जनकपुरका २१ वर्षीय वृकेश यादव, २२ वर्षीय आजिवकुमार यादव र रुपन्देहीका राम आशिष यादवले परीक्षा दिन पठाएका थिए। उनीहरू हाल फरार रहेको र खोजी भइरहेको महाशाखाले जनाएको छ।

    पक्राउ परेका विद्यार्थीहरू छात्रवृत्तिमा एमबिबिएस पढिरहेका थिए। तर आर्थिक अवस्था कमजोर हुँदा पैसा लिएर परीक्षा दिने काम गर्ने गरेको कोइरालाले बताए।

    ‘आर्थिक अवस्था कमजोर भएपछि उनीहरू नक्कली परीक्षार्थी बनेका रहेछन्,’ उनले भने।

    उनीहरूले परीक्षामा नाम निकालेबापत २ देखि १८ लाखसम्मको मूल्य तोकेका थिए। यस्तै, एड्भान्स रकम ५० देखि २ लाख रुपैयाँ तोकेका थिए।

    ‘सुरूमा एड्भान्स पैसा लियो। पछि रिजल्ट अनुसारको मूल्य रहेछ। छात्रवृत्तिमै नाम निस्कियो भने धेरै पैसा लिने गर्ने रहेछन्,’ उनले भने, ‘पासमात्रै भयो भने त्यसअनुसारकै पैसा दिने भयो।’

    यसरी नक्कली परीक्षा दिनको लागि प्रवेश पत्रमै नक्कली फोटो टाँस्ने गरेको प्रहरीको भनाइ छ। उनीहरूले नागरिकतामा समेत नक्कली परीक्षार्थीको फोटो टाँसेर आएको पाइएको कोइरालाले बताए।

    त्यस्तै, उनीहरूले सकेसम्म नक्कली परीक्षार्थी खोज्दा मिल्दोजुल्दो अनुहार भएको व्यक्तिलाई खोजेको पाइएको छ।

     


    आइतवार, चैत्र २० २०७८०३:१०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij