Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा

जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा

  • आइतवार, चैत्र २० २०७८

  • 356
    SHARES

  • जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा

    जयनगर–कुर्था रेल्वे खण्डमा आज विहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ  गरेका थिए ।  आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।  
     
    उनका अनुसार  दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ ।  जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले जानकारीदिए ।

    जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनको भनाइ छ ।

    जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ । खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए ।

     


    आइतवार, चैत्र २० २०७८०७:५४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij