पत्रकार कपिल ज्ञवाली उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार–२०७८ बाट सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा जिल्ला सहकारी संघले हरेक बर्ष सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। सो पुरस्कार ३ सदस्यीय मुल्यांकन छनोट समितिले सम्पादक ज्ञवालीलाइ दिने निर्णय गरेको हो ।
६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रुपन्देहीको भैरहवामा आयोजित अन्तरक्रिया, सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा ज्ञवाली नगद राशी रु १० हजार दोसल्ला तथा प्रशंसापत्रसहित पुरस्कृत भएका हुन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी तथा रूपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष प्रकाश भट्टराईले संयुक्त रुपमा पत्रकार ज्ञवालीलाई पुरस्कृत गरेका हुन् । डेढ दशकदेखि रूपन्देहीको बुटवलमा रहेर क्रियाशिल पत्रकार ज्ञवाली बुद्ध टेलिभिजनका समाचार संयोजक समेत हुन् ।