Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

घोडेजात्रा पर्व आज मनाइँदै

घोडेजात्रा पर्व आज मनाइँदै

  • शुक्रवार, चैत्र १८ २०७८

  • 385
    SHARES

  • घोडेजात्रा पर्व आज मनाइँदै

    काठमाडौं– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदै छ। चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने किम्बदन्तीअनुसार यो जात्रा मनाउने गरिएको हो। 

    यो जात्राकै अवसरमा नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ। आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।

    सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्ने परम्परागत घोडेजात्रा समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ। 

    समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ। 


    शुक्रवार, चैत्र १८ २०७८०६:४९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij