Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप एक उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

थप एक उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

  • बुधवार, श्रावण २८ २०७७

  • 500
    SHARES

  • थप एक उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।

    बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।

    पाठकका अनुसार २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। अस्पताल ल्याउँदा उनलाई जीउभरी संक्रमण थियो। उनी दम तथा मुटु रोगी थिए।

    आज  बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजे आएको हो। किस्ट अस्पतालमै मंगलबार राति पनि काठमाडौं टेकुकी  ७८ वर्षीया महिलाको मृत्यु भएको थियो । उनको पनि बुधबार बिहान कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।


    बुधवार, श्रावण २८ २०७७०२:३१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij