Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कान्तिपुर दैनिकका सहायक-सम्पादक बानियाँको निधन

कान्तिपुर दैनिकका सहायक-सम्पादक बानियाँको निधन

  • बुधवार, श्रावण २८ २०७७

  • 689
    SHARES

  • कान्तिपुर दैनिकका सहायक-सम्पादक बानियाँको निधन

    काठमाडौं । कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ। तीन दिनदेखि बेपत्ता पत्रकार बानियाँको शव मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा फेला परेको हो ।

    हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जनाएको छ ।

    बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको देखिएको प्रहरीले जनाएको छ ।

    एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।

    बानियाँले सोमबार दिउँसो करिब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएका थिए । त्यसपछि उनी सम्पर्कमा थिएनन् । कोभिड १९ को संक्रमणका कारण कान्तिपुरका अधिकांश सम्पादकीय कार्य घरबाट भइरहेका छन् ।

    बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।


    बुधवार, श्रावण २८ २०७७०२:१७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij