Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएल: आज राती बैंगलोर र कोलकत्ता भिड्दै

आईपीएल: आज राती बैंगलोर र कोलकत्ता भिड्दै

  • बुधवार, चैत्र १६ २०७८

  • 613
    SHARES

  • आईपीएल: आज राती बैंगलोर र कोलकत्ता भिड्दै

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज बुधबार एक खेल हुँदैछ ।

    आईपीएल अन्तर्गत बुधबार रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल ७ः४५ बजे सुरु हुनेछ ।

    बैंगलोर पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा बैंगलोरलाई पन्जाब किङ्सले ५ विकेटले हराएको थियो ।

    यस्तै कोलकत्ता भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा कोलकत्ताले चेन्नई सुपर किङसलाई ६ विकेटले हराएको थियो ।

    बैंगलोर र कोलकत्ताबीचको पछिल्लो पाँच भेटमा बैंगलोरले ३ पटक जितेको छ । गत सिजन भने कोलकत्ताले दुबै भेटमा बैंगलोरलाई हराएको थियो ।

    यस पटकको आईपीएलमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । यस अघि आठ टोलीले खेल्दै आएका थिए ।


    बुधवार, चैत्र १६ २०७८०१:३९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij