Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रेस युनियन महासचिब शिवाकोटीद्वारा तेजु स्मृती अक्षयकोषमा आर्थिक सहयोग

प्रेस युनियन महासचिब शिवाकोटीद्वारा तेजु स्मृती अक्षयकोषमा आर्थिक सहयोग

  • बुधवार, श्रावण २८ २०७७

  • 844
    SHARES

  • प्रेस युनियन महासचिब शिवाकोटीद्वारा तेजु स्मृती अक्षयकोषमा आर्थिक सहयोग

    काठमाडौं ।  नेपाल  प्रेस युनियनका केन्द्रिय महासचिव तथा हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् ।

    नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा शिवाकोटीले मंगलबार दस हजार एक सय ११ रुपैंया जम्मा गरेका हुन् ।

    बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

    प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ ।

    युनियनले स्व. युनियनका संस्थापक अध्यक्ष खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको शाखाका अध्यक्ष प्रकाश बमले जानकारी दिए ।

    उनले अक्षयकोषमा रकम जम्मा गर्ने महासचिव शिवाकोटीलाइ धन्यबाद ज्ञापन गरेका छन् । स्व. खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए ।

    पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए । अक्षय कोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरिने प्रेस युनियन डोटीका अध्यक्ष बमले बताए ।

    अक्षय कोषमा विभिन्न ब्यक्तीहरुको सहयोग तथा घोषणा भइ रहेको प्रेस युनियन डोटीका सचिव पवन महाराले बताए ।


    बुधवार, श्रावण २८ २०७७१०:०८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij